चौधरी फाउण्डेशनले वीर अस्पताललाई १८ आईसीयू बेड दिने काठमाडौं। चौधरी फाउण्डेशनले वीर अस्पताललाई स्वास्थ्य सामाग्री दिने भएको छ। कोरोनाको दोस्रो लहरसँग लड्न चाहिने आवश्यक स्वास्थ्य सामाग्री र स्वास्थ्य उपकरण दिने भएको हो। १८ आईसीयू बेड र अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको छ। यसैगरी, फाउण्डेशनले कर्णाली र सुदूरपश्चिम प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा गरेको छ। महामारीको समयमा देशका कर्पोरेट तथा निजी क्षेत्रले सहायता बढाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्