प्रदेश सरकारले निर्माण गरेका १२ पुलको एकसाथ उद्घाटन काठमाडौं। वाग्मती प्रदेश सरकारले निर्माण गरेका साना तथा मझौला १२ पुलको आज मुख्यमन्त्री डोरमणि पौडेलले एक साथ उद्घाटन गरेका छन्। उद्घाटन गरिएका पुलमा विष्णुमती खोलाको घलेपुल, सुकेधारा धोवीखोला पुल, मजुवा खोलापुल, महादेव खोलामा निर्माण भएका दुई पुल, दाद्रेनी खोला पुल, भवानीपुर खोला पुल, पलङ्खु खोला पुल, ढुङ्गे खहरे कल्भर्ट पुल, मेलम्ची पुल र याम्बालिङ खोलाको झोलुङ्गे पुल छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्