अमेरिकासँग ५० लाख भ्याक्सिन मागौं : गोल्छा काठमाडौैं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अमेरिकासँग नेपालले भ्याक्सिन माग्नुपर्ने बताएका छन्। उनले कोरोनाबाट दीर्घकालिन छुटकारा पाउन भ्याक्सिन नै चाहिने भएकाले अमेरिकासँग माग्नुपर्ने बताएका हुन्। हाल अमेरिकाले ३० करोड डोज बढी भ्याक्सिन भण्डारण गरेको छ। तसर्थ प्रधानमन्त्री आफैंले अमेरिकाका राष्ट्रपतिलाई फोन गरेर पैसा तिर्ने गरी भ्याक्सिन पठाउन अनुरोध गर्नुपर्ने उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्