सरकारले पूर्ण बजेट ल्याउनु उचित हुँदैन : पूर्वअर्थमन्त्री महत
काठमाडौं। पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले संसदबाट विश्वासको मत नपाएको सरकारले पूर्ण बजेट ल्याउन नहुने बताएका छन्। उनले अहिले अन्तिरिम बजेट मात्रै पेस गर्नुपर्ने बताए। संविधानअनुसार हरेक वर्ष जेठ १५ गते प्रतिनिधिसभामा बजेट घोषणा गर्नुपर्ने हुन्छ। तर अहिले अन्तरिम बजेट घोषणा गरेर सरकारले विश्वासको मत पाइसकेपछि पूर्ण बजेट ल्याउनुपर्ने महतको सुझाव छ।
प्रतिक्रिया दिनुहोस्