सेयर बजारमा अहिलेसम्मकै किर्तिमानी कारोबार
काठमाडौं। सेयर बजारमा अहिलेसम्मकै किर्तिमानी कारोबार भएको छ। आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४३ अंकले बढेको दिन किर्तिमानी कारोबार भएको हो। नेप्सेमा आज ११ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको छ। यसक्रममा २ करोड ३१ लाख कित्ता सेयर किनबेच भएको छ। यसअघि, नेप्सेमा आइतबार १० अर्ब ४ करोडको कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस्