वालिङ नगरपालिकाले अक्सिजन कन्सन्ट्रेटर किन्न उठायो १० लाख काठमाडौं। वालिङ नगरपालिकाले विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूमार्फत अक्सिजन कन्सन्ट्रेटर खरीदका लागि १० लाखभन्दा बढी रकम जुटाएको छ। वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरिएको आइसोलेशनमा कन्सन्ट्रेटर राख्न उक्त रकम उठाइएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए। अस्पतालमा अहिले ३५ बेड र अक्सिजन सिलिण्डरसहित सुविधासम्पन्न आइसोलेशन सञ्चालनमा ल्याइएको उनले बताए। कन्सन्ट्रेटर बुधबारसम्म आइपुग्ने उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्