निषेधाज्ञा अघि यस्तो थियो औद्योगिक स्थिति
काठमाडौं। कोरोनाको दोस्रो लहर अघि नेपालको औद्योगिक/व्यवसायीक स्थिति उत्साहजनक अवस्थामा रहेको तथ्यांक सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकले वैशाख ५ देखि १४ गतेसम्मको सर्वेक्षणले औद्योगिक क्षेत्र सुधारोन्मुख देखाएको हो। उक्त मितिमा ८१ प्रतिशत उद्योग÷व्यवसाय पूर्ण क्षमतामा र साढे १४ प्रतिशत उद्योग आशिंक क्षमतामा सञ्चालनमा थिए। यस्तै जम्मा ४ प्रतिशत उद्योग/व्यवसाय मात्रै सञ्चालनमा आउन सकेका थिएनन्।
प्रतिक्रिया दिनुहोस्