कुवेतद्वारा नेपालबाट हुने उडानमा लगाइएको प्रतिबन्धलाई निरन्तरता काठमाडौं। कुवेतले नेपालबाट हुने उडानमाथि लगाएको प्रतिबन्धलाई निरन्तरता दिएको छ। मंगलबार बसेको कुवेतको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। कार्गो जहाजको उडानलाई भने प्रतिबन्ध नलगाइएको जनाइएको छ। कुवेतले मंगलबारबाट कोरोना खोप लगाएर आउने विदेशीलाई कुवेतमा क्वारेन्टाइनमा बस्न नपर्ने निर्णयसमेत गरेको छ। खोप लगाएर कुवेत पुग्ने विदेशीले ७२ घण्टाभित्र पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको रिपोर्ट भने देखाउनु पर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्