सात जिल्लामा आगलागी, करिब २७ लाखको क्षति
काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशका सात जिल्लामा ठूला आगलागीका घटना भएका छन्। सर्लाही, ताप्लेजुङ, सिन्धुपाल्चोक, मोरङ, सिरहा, नवलपरासी पश्चिम र कास्कीमा आगलागी भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार आगलागीबाट २६ लाख ९८ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। यो वर्ष आगलागीका घटनाबाट २९ करोड ६१ लाख ८२ हजार ८६० रुपैयाँको क्षति गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्