सेयर बजारमा १३ अंकको करेक्सन
काठमाडौं। आज सेयर बजारमा करेक्सन आएको छ। आइतबारदेखि निरन्तर बढ्दै नयाँ किर्तिमान बनाएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १३ अंकले घटेको हो। परिसूचक घटेपनि कारोबार रकम भनेको घटेनन्। आज ११ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको छ। यसैगरी आज दुई करोड ५१ लाख कित्ता सेयर किनबेच भएको छ।
प्रतिक्रिया दिनुहोस्