सेयर बजारमा आज १२ अर्बको कारोबार काठमाडौं। आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झण्डै १२ अर्ब रूपैयाँको कारोबार भएको छ। परिसूचक १३ अंकले घटे पनि आज ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार रूपैयाँको कारोबार भएको हो। यसअघि, हिजो मंगलबार नेप्सेमा ११ अर्ब ३५ करोडको सेयर कारोबार भएको थियो। यो साता नेप्सेले दिनदिनै नयाँ कीर्तिमान कायम गर्दै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्