लकडाउनपछि बढ्यो व्यवसायको तलब खर्च
काठमाडौं। गत वर्ष २०७६/७७ को लकडाउनपछि उद्योग व्यवसायको तलब खर्च बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार लकडाउनपछि तलब खर्च बढेको हो। गत वर्ष औषतमा ६३.४ प्रतिशत तलब खर्च थियो। तर २०७८ को वैशाखमा आइपुग्दा बढेर ८८.५ प्रतिशत पुगेको केन्द्रीय बैंकले बताएको छ। यस अवधिमा खानी तथा उत्खनन क्षेत्रका उद्योग÷व्यवसायको औषत तलब खर्च बढेको पाइएको हो।
प्रतिक्रिया दिनुहोस्