कोभिडअघिको अवस्थामा पुग्न सकेन आर्थिक गतिविधि
काठमाडौं। नेपालको औद्योगिक उत्पादन र रोजगारीको स्थिति कोभिड संक्रमण अघिको स्थितिमा पुग्न नसकेको पाइएको छ। यद्यपी गत वर्ष गरिएको लकडाउनको तुलनामा यो वर्षको वैशाखसम्म उल्लेख्य सुधार आएको छ। केन्द्रीय बैंकले वैशाख महिनामा गरेको अध्ययनअनुसार रोजगारीको स्थिति पनि सुधारिएको छ। आर्थिक गतिविधिमा सुधार देखिएपनि २०७६ फागुनको अवस्थामा पुग्न नसकेको हो।
प्रतिक्रिया दिनुहोस्