कानूनी प्रक्रिया छोट्याएर अक्सिजन उद्योगलाई जग्गा काठमाडौं। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले अक्सिजन उद्योगलाई द्रुतमार्गमा जग्गा उपलब्ध गराउने बताएका छन्। उनले लामो प्रक्रियालाई छोट्याएर तीव्र गतिमा देशभरका औद्योगिक क्षेत्रमा उद्योगलाई जग्गा उपलब्ध गराउने बताएका हुन्। बस्नेतले जग्गासँगै बिजुली र पानीको समेत व्यवस्था गर्ने जानकारी दिए। यसैगरी उनले अबको १५ दिनभित्र बालाजु औद्योगिक क्षेत्रमा लिक्विड अक्सिजनको ट्यांक स्थापना हुने समेत बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्