काठमाडौं । चीनसँगको प्रमुख सीमानाका तातोपानीमा रहेको ‘सुख्खा बन्दरगाह’को सञ्चालन र व्यवस्थापन नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गर्ने भएको छ।
पारवहनले अंग्रेजी नयाँ वर्षको पहिलो दिन, १६ पुसदेखि तातोपानीको सुख्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मेवारी पाएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवस्तरीय निर्णयले सुख्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको जिम्मा नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडलाई दिने निर्णय गरेको हो। यसअघि यसको सञ्चालन तथा व्यवस्थापन सुख्खा बन्दरगाहहरूको नियामक निकाय ‘नेपाल इन्टरमोडल विकास समिति’ले गर्दै आएको थियो। पारवहनले दुई बर्षका लागि यो बन्दरगाह सञ्चालनको जिम्मेवारी पाएको छ ।
२०७२ सालको भूकम्पले क्षति पुर्याएपछि बन्द भएको तातोपानी नाका चीन सरकारको सहयोगमा पुनर्निर्माण भइ दशैं अघिदेखि सञ्चालनमा आइसकेको छ।
नियामक निकायले बन्दरगाह सञ्चालन गर्न नपाउने कानुनी व्यवस्था भएपनि इन्टरमोडलले काँकडभिट्टा र वीरगञ्ज एकीकृत जाँच चौकी भने सञ्चालन गर्दै आएको छ ।
“सकेसम्म १६ पुसदेखि नै बन्दरगाह पूर्ण रूपमा सञ्चालन गर्ने तयारी गरेका छौं”, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका सूचना अधिकारी प्रेमराज भण्डारीले देखापढीसँग भने, “१६ पुसमै सकेनौं भने पनि त्यसको भोलिपल्टदेखि पूर्ण सञ्चालनमा हुन्छ।”
पारवहन कम्पनीको दुई वर्षको काम हेरेर समय थप गर्ने वा नगर्ने भन्ने टुङ्गो लगाउने बताइएको छ । पारवहनले काँकडभिट्टा, कोलकाता, वीरगञ्ज र त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको बन्दरगाह सञ्चालन गर्दै आएको छ ।
बन्दरगाह सञ्चालनका लागि पारहवन र इन्टरमोडलबीच सहमति भइसकेको छ। सहमतिअनुसार पारवहनले बन्दरगाहबाट उठेको कुल रकमको ४० प्रतिशत इन्टरमोडललाई दिनुपर्ने छ। यस्तै, बाँकी ६० प्रतिशत रकम पारवहनले पाउने छ । सोही रकमबाट कर्मचारी र कार्यालय सञ्चालनको खर्च व्यवस्थापन गरिनेछ ।
भण्डारीले तातोपानी नाका सञ्चालन गर्दा केही महिना घाटा व्यहोर्नु पर्ने बताए। उनले गत महिना उक्त नाकाबाट १० लाख रुपैयाँ राजश्व उठेको बताउँदै अर्को दुई/चार महिना घाटामै सञ्चालन गर्नुपर्ने जानकारी दिए।
खासगरी बन्दगाहमा ट्रक पार्किङ, भन्सार जाँचपास, गोदाम भण्डारीकरण, तौल मापन, चालक र सहचालकलाई आराम गर्ने स्थान, शौचालय, खाना पकाएर खाने ठाउँ र बन्दरगाह सरसफाइको व्यवस्थापन सञ्चालनको जिम्मेवारी लिने कम्पनीले गर्नुपर्छ । यसका साथै विद्युत महशुल भुक्तानी समेत पारवहन आँफैले गर्नुपर्ने हुन्छ।
बन्दरगाहका सबै कर्मचारीको खर्च पारवहनले नै व्यहोर्नुपर्ने छ। त्यसका लागि पारवहनका तीन जना स्थायी कर्मचारी खट्नेछन् भने अन्य कर्मचारी करारमा राखिएको हुन्छ। सबै गरी बन्दरगाहमा १८ देखि २० जनाको हाराहारीमा कर्मचारी खटाउनुपर्छ, जसको कुल खर्च मासिक ८ लाख रुपैयाँसम्म आउने बताइएको छ।
" /> काठमाडौं । चीनसँगको प्रमुख सीमानाका तातोपानीमा रहेको ‘सुख्खा बन्दरगाह’को सञ्चालन र व्यवस्थापन नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गर्ने भएको छ।पारवहनले अंग्रेजी नयाँ वर्षको पहिलो दिन, १६ पुसदेखि तातोपानीको सुख्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मेवारी पाएको हो।

">