महामारीले खेतमै कुहियो ७० क्विन्टल खर्बुजा
सर्लाही। कोरोनाको दोस्रो लहर रोक्न गरिएको निषेधाज्ञामा उत्पादित खर्बुजा खेतमै कुहिएको छ। सर्लाही बरहथवा नगरपालिकामा किसान विशालराज गिरीको करिब १५ लाख रुपैयाँको खर्बुजा कुहिएको हो। गिरीले डेढ विघा जमिन भाडामा लिएर खर्बुजा खेती सुरु गरेका थिए। त्यसक्रममा उनले ३ लाख २५ हजार रुपैया ऋण समेत लिएका थिए।
प्रतिक्रिया दिनुहोस्