चार्टड उडानमा बढी मूल्य लिए कारबाही
काठमाडौं। चार्टड उडानमा एयरलाइन्सले मनपरी भाडा असुले कारबाही हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडानमा अनियमितता गरे कारबाही गर्ने बताएको हो। एयरलाइन्सहरुले महँगो मूल्य लिएभने मन्त्रालयमा प्रमाणसहित उजुरी गर्न भनिएको छ। सरकारले दोस्रो लहरका कारण जेठ १७ सम्म अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ। तर, यस अवधिमा चार्टड उडान बन्द हुने छैन।
प्रतिक्रिया दिनुहोस्