मृतक कर्मचारीको रकम दिन सनराईज बैंकलाई कोषको निर्देशन काठमाडौं। सामाजिक सुरक्षा कोषले मृतक कर्मचारीको परिवारलाई रकम भुक्तानी गर्न सनराइज बैंकलाई निर्देशन दिएको छ। बैंकका कर्मचारीको ४२ हजार रुपैयाँ आधारभुत थियो। यसको ६० प्रतिशत हुन आउने एकमूष्ट र मृत्यू संस्कारबापतको २५ हजारसहित गरेर ४३ लाख रुपैयाँ भुक्तानी गर्न निर्देशन दिएको हो। कर्मचारीका आफन्तलाई नियमअनुसार भुक्तानी नगरे कानुनबमोजिम कारबाही गर्ने कोषले चेतावनी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्