भन्सार अधिकृतले स्वास्थ्य सामग्री रोक्न नपाउने
काठमाडौं। कोरोनाको दोस्रो लहरविरुद्ध लड्न सहयोग पुर्याउने स्वस्थ्य सामाग्रीलाई भन्सार अधिकृतले नाकामा रोक्न नपाउने भएका छन्। कोभिड-१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि, २०७८ ले यस्तो व्यवस्था गरेको हो। जसअनुसार, आयातकर्ताले कोभिड-१९ सम्बन्धित सामाग्री घोषणा गरेपछि नाकामा अनावश्यक बाधा गर्न नमिल्ने भएको हो। यद्यपि,यसरी ल्याउने सामानको गुणस्तर भने परीक्षण गरिने छ।
प्रतिक्रिया दिनुहोस्