कोषबाट साढे २२ सयले पाए दाबी भुक्तानी
काठमाडौं। २०७६ सालदेखि लागू भएको सामाजिक सुरक्षा कोषबाट अहिलेसम्म २२ सय ४७ जनाले ३५ सय ५७ पटक दाबी भुक्तानी पाएका छन्। विभिन्न शीर्षकमा दाबी भुक्तानी पाएका उनीहरुले हालसम्म कोषबाट ८ करोड १ लाख रुपैयाँ लगेका हुन्। कोषले योगदानमा आधारित रहेर दुर्घटना, वृद्धअवस्था, औषधि उपचार लगायत शिर्षकमा भुक्तानी दिने गरेको छ।
प्रतिक्रिया दिनुहोस्