धितोपत्र बोर्डले भन्यो- सेयर किन्न/बेच्न उक्साउने सूचना सम्प्रेषण नगर्नु
काठमाडौं। नेपाल धितोपत्र बोर्डले सेयर खरिद/बिक्री गर्न उक्साउने सूचना सम्प्रेषण नगर्ने भनेको छ। केहीदिन अघि लगानीकर्ता निर्मल प्रधानले निर्जीवन बीमा र जलविद्युत सेयर बेच्न लगानीकर्तालाई उक्साउँदै अन्तरवार्ता दिएका थिए। यसैगरी उनले दुईतीनवटा कम्पनीको नाम लिएर ती सेयर मात्र किन्न लगानीकर्तालाई उत्साहित बनाएका थिए। उनले बेच्नु भनेको भोलीपल्ट निर्जीवन बीमा र जलविद्युत समूहको सेयर घटेको थियो।
प्रतिक्रिया दिनुहोस्