राष्ट्रसंघद्वारा नेपालको लागि करिब १० अर्बको सहयोग आह्वान काठमाडौं। नेपालस्थित संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरुद्वारा आपतकालीन कोभिड-१९ योजना जारी गरेका छन्। उनीहरुले नेपाल कोरोना आपतकालीन प्रतिकार्य योजना परिचालन गर्न आठ करोड ३७ लाख अमेरिकी डलर (नौअर्ब ७८ करोड ६८ लाख ७३ हजार ६ सय रुपैयाँ) बराबरको सहयोग आह्वान गरेका छन्। त्यसबाट महामारीबाट प्रभावित सबैभन्दा संकन्टासन्न सातलाख ५० हजार जनालाई आगामी ३ महिनासम्म सहयोग पुर्‍याउन सकिने उनीहरुले जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्