अर्थले सशस्त्र प्रहरीलाई रेम्डिसिभर किन्न ३९ करोड ६९ लाख दिने काठमाडौं। अर्थ मन्त्रालयले सशस्त्र प्रहरी बल, नेपालको बलम्बुस्थित अस्पताललाई कोरोना संक्रमितहरुको उपचारको लागि आवश्यक पर्ने रेम्डिसिभर औषधि खरीद गर्न ३९ करोड ६९ लाख रुपैयाँ दिने भएको छ। प्रथम चरणमा उक्त खरिद कार्यका लागि २० करोड निकासा दिने निर्णय भएको अर्थले जनाएको छ। बाँकी रकम दोस्रो चरणमा रेम्डिसिभर औषधि खरिद गर्दा निकासा गरिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्