प्रहरीको स्कटिङमा काठमाडौं ल्याँइदै लिक्विड अक्सिजन
काठमाडौं। चीनको तिब्बत सरकारले दिएको १५० सिलिन्डर लिक्विड अक्सिजन प्रहरीको स्कटिङमा काठमाडौं ल्याइने भएको छ। तातोपानी भन्सार प्रमुख नारद गौतमले प्रहरीको स्कटिङमा अक्सिजन उपत्यका पठाउने तयारी भएको बताए। स्कटिङसँगै एम्बुलेन्स र दमकल पनि लिक्विड अक्सिजन बोकेका सवारीको पछाडी हुनेछन्। चीनले नाकासम्म दमकल र एम्बुलेन्सको निरीक्षणमा लिक्विड अक्सिजन पठाएको हुँदा नेपालले पनि त्यसै गर्ने भएको हो।
प्रतिक्रिया दिनुहोस्