काठमाडौं। नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ वर्ष २०२० को अवसरमा ‘नयाँ वर्ष नयाँ कार’ योजना ल्याएको छ।
योजनामा सहभागी हुन ग्राहकले टाटा मोटर्सको शोरूममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतका गाडीहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।
साथै जुनसुकै ब्राण्डका गाडीहरू एक्सचेन्जमा एक लाख रूपैयाँसम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरीदमा एक जोडीलाई स्योर सर्ट सिंगापुर क्रुज डिनर लगायतका विशेष आर्कषणहरू रहेका छन्।
“टाटा मोटर्सको प्यासेन्जर कारहरूका लागि अल न्यू ज्यानुअरी थिम प्रस्तुत गर्न पाउँदा एकदमै खुशी छौँ। यो थिमले एउटा ग्राहकले नयाँ वर्षको शुरूआतमा के चाहान्छन् भन्नेलाई सम्बोधन गर्दछ”, सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, “ एउटा राम्रो कारले तपाईँलाई आफ्नो परिवारसँग मिलन गराउँछ। आरामदायी यात्रा, सुरक्षा तथा थप विशेषता भनेकै टाटाले ब्रान्डका रूपमा आफ्ना ग्राहकहरूलाई प्रदान गर्ने कुराहरू हुन्।”
टाटा मोटर्सका कन्ट्री म्यानेजर अजित नारायण सिंहले न्यू इयर कार थिम जनवरी महीनाभरि नै लागू हुने बताए। “यो थिम अन्तर्गत धेरै इभेन्टहरू छन्। त्यसैले यो महीनाभरिका लागि कुनै पनि टाटा प्यासेन्जर कारहरूको खरीदमा एक जोडीलाई सिंगापुर क्रुज प्याकेज पनि पुरस्कार दिइने घोषणा गर्दछौँ।”
एक्सचेन्ज सहज बनाउनका लागि एक लाख रूपैयाँसम्मको एक्सचेन्ज बोनस दिन लागेको उनले बताए।