भारतमा १२औं पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य एजेन्सी। भारतीय बजारमा पेट्रोल/डिजेलको भाउ आजपनि बढेको छ। भारतमा अप्रिल महिनामा १२औं पटक पेट्रोलियम पदार्थको भाउ बढेको हो। यससँगै भारतको राजस्थानमा पेट्रोलको मूल्य प्रतिलिटर १०४ भारु पुगेको छ। यस महिनामा भारतमा पेट्रोलको मूल्य प्रतिलिटर २.८१ भारु र डिजेल ३.३४ भारु बढेको छ। यसको प्रत्यक्ष असर नेपाली बजारमा समेत पर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्