बजेट लेखन अन्तिम चरणमा
काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट लेखन अन्तिम चरणमा पुगेको छ। यही जेठ १५ गते अनिवार्यरुपमा ल्याउनुपर्ने बजेट लेखनको सबैजसो काम सकिएको अर्थमन्त्रालयले बताएको हो। यद्यपि, अहिले किताब छाप्न नपठाइएको मन्त्रालयले जानकारी दिएको छ। अर्थमन्त्रीका आर्थिक सल्लाहकार प्रकाश श्रेष्ठले प्रतिनिधिसभा विघटन भएकाले बजेट अध्यादेशबाट ल्याउने तयारी तीव्र भइरहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्