राजनीतिक अनिश्चितताकाबीच ३२ अंकले बढ्यो नेप्से
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२ अंकले बढेको छ। साताको पहिलो दिन आज आइतबार दोहोरो अंकको वृद्धिसँगै २८ सय २० अंकमा पुगेर रोकिएको छ। यस क्रममा आज दुई करोड ५१ लाख कित्ता सेयर किनबेच भइ ११ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बजार बढेपनि नेप्सेमा कारोबार भएका १३ मध्ये तीन समूहमा गिरावट आएको छ।
प्रतिक्रिया दिनुहोस्