विदेशी लगानीकर्ता भारतबाट अन्यत्र सर्दै एजेन्सी। कोरोना महामारीको दोस्रो लहरबाट आक्रान्त भारतबाट विदेशी लगानीकर्ताले अन्तै सर्ने योजना बनाउन थालेका छन्। कोरोनाले अर्थतन्त्रमा गम्भीर असर पार्ने अनुमान गर्दै मे महिनासम्ममा विदेशी लगानीकर्ताले भारतीय बजारबाट ४,४४४ करोड रुपैयाँ निकालिसकेका छन्। मर्निङ स्टार इन्डियाका एसोसियट डाइरेक्टर हिमांशु श्रीवास्तव भन्छन्, ‘‘महामारीको दोस्रो लहरबाट अर्थतन्त्रमा पर्ने असरका कारण चिन्तित विदेशी लगानीकर्ताले सेयरबजारमा लगानी गर्नबाट जोगिन थालेका छन्।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्