कोरोनाका ग्राफमा निर्भर भारतीय सेयरबजार
एजेन्सी। भारतमा कोरोना महामारीको असर पर्न थालेपछि सेयरबजार त्यसको ग्राफमा निर्भर बन्न थाल्यो। कोरोनाको दोस्रो लहरमा घट्न थालेपछि त्यहाँको सेयरबजारको ग्राफ पुनः उकालो लाग्न थालेको हो। सेयर विश्लेषकहरु जबसम्म कोरोना निर्मूल हुँदैन तबसम्म भारतीय सेयरबजार यसको ग्राफमै निर्भर रहने बताउँछन्। अहिले बैंक तथा वित्तीय क्षेत्रको सेयर किनबेच निकै बढेको छ। प्रमुख सूचकांक निफ्टी र सेन्सेक्समा गत साता निकै उतारचढाव आयो।
प्रतिक्रिया दिनुहोस्