दश महिनामा साढे १२ खर्बभन्दा बढीको आयात
काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो १० महिनामा नेपालले १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार रुपैयाँको आयात गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २२.३४ प्रतिशतले बढी हो। गत आर्थिक वर्ष २०७६/७७ को पहिलो १० महिनामा नेपालले कूल १० खर्ब २५ अर्ब १३ करोड ७७ लाख ८३ हजार रुपैयाँको आयात गरेको थियो।
प्रतिक्रिया दिनुहोस्