भारतबाट दैनिक ८० हजार केजी तरल अक्सिजन आयात
काठमाडौं। कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव भएपछि सरकारले भारतबाट दैनिक ८० हजार केजी तरल अक्सिजन खरिद गर्न थालेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार १५ हजार लिटरका पाँचवटा ट्याङ्कर र ५ हजार केजीको एउटा ट्याङ्कर गरी कूल ६ वटा ट्याङ्करमा भारतबाट अहिले दैनिक ८० हजार केजी तरल अक्सिजन आयात गरिएको छ।
प्रतिक्रिया दिनुहोस्