चौबिस घण्टामा करिब ४२ लाख मेडिकल उपकरण नेपाल भित्रिए काठमाडौं। अर्थ मन्त्रालयले पछिल्लो चौबिस घण्टामा ४१ लाख ९० हजार २५४ थान विभिन्न मेडिकल उपकरणहरु भित्रिएको जनाएको छ। यसरी भित्रिएका उपकरणमा अधिकांश कोरोनासँग सम्बन्धित रहेका छन्। सोही अवधिमा ५ हजार ६७ एमटिक्यू अक्सिजन, ३ हजार भायल्स रेम्डिसिभर, १० हजार केजी स्यानीटाइजर, ७४० केजी काभिड–१९ टेस्ट किटसहित औषधिहरु नेपाल भित्रिएको अर्थले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्