कोरोनाको दोस्रो लहरले अर्थतन्त्रमा अनिश्चितता काठमाडौं। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरले अर्थतन्त्रमा अनिश्चितता आएको बताएका छन्। उनले एसियन क्लियरिङ युनियन सञ्चालक समितिको ४९औं बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले कोभिडको अघिल्लो लहरबाट प्रभावित व्यापार, पर्यटन, यातायात, उत्पादन र निर्माण क्षेत्र विस्तारै पुनरुत्थानतर्फ आउँदै गर्दा दोस्रो लहर फैलिएको बताए। जसका कारण अर्थतन्त्र चूनौतीपूर्ण अवस्थामा गुज्रिरहेको अधिकारीको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्