कोरोनामा कर्मचारीको मृत्यु भए परिवारलाई निरन्तर तलब
एजेन्सी। टाटा स्टिलले भारतमा कोरोना संक्रमणका कारण कुनै पनि कर्मचारीको मृत्यु भए पनि उनको परिवारलाई निरन्तर तलब भुक्तानी गर्ने घोषणा गरेको छ। टाटाले मृतक कर्मचारीका परिवारलाई उनी ६० वर्षमा सेवा निवृत्त हुने समयसम्म तलब, घरको सुविधा र औषधोपचार खर्च दिइरहने जनाएको छ। यस्तै कम्पनीले कर्मचारीका सन्तानलाई स्नातकसम्मको शिक्षाका लागि खर्च समेत दिने भएको छ। टाटाको यो घोषणाको प्रशंसा भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्