लाङटाङ खोला जलविद्युत् आयोजना सुरूवात
रसु्वा। लाङ्टाङ राष्ट्रिय निकुञ्जको भू-भागअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा नयाँ विद्युत् आयोजना निर्माणको सुरूवात भएको छ। लाङ्टाङ खोलामा निरन्तर बग्ने पानीलाई सदुपयोग गर्दै ठूलोस्याफ्रु पुछारको दोभानबाट सुरूङमार्फत स्याफ्रुबेँसीमा पानी पुर्याइ २० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको निर्माण सुरूवात भएको हो। चार अर्ब ५ करोडको लागतमा निर्माण सम्पन्न गर्न मल्टी एनर्जी हाइड्रोपावर कम्पनीमार्फत सोमबारदेखि निर्माण सुरू भएको हो।रासस
प्रतिक्रिया दिनुहोस्