दश महिनामा साढे ६३ करोडभन्दा बढीको ‘फेस मास्क’ नेपाल भित्रियो
काठमाडौं।चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा विभिन्न देशबाट नेपालमा ६३ करोड ५४ लाख ५६ हजार रुपैयाँको ‘फेस मास्क’ भित्रिएको छ।२०७७ साउन देखि २०७८ वैशाख मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको मास्क भित्रिएको भन्सार विभागले जनाएको छ।विभागका अनुसार सो अवधिमा १२ करोड ४३ लाख ८५ हजार ३ थान र २७ हजार १ सय ७१ केजी मास्क नेपालमा भित्रिएको छ।
प्रतिक्रिया दिनुहोस्