स्वास्थ्य र आर्थिक दुवै क्षेत्र बजेटको प्राथमिक्तामा हुनुपर्छ : गोल्छा काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्वास्थ्य क्षेत्र सुदृढ बनाउँदै अर्थतन्त्र चलायमान बनाउने बजेट ल्याउनुपर्ने बताएका छन्। उनले कोरोनाको दोस्रो लहरले तहसनहस बनेको आर्थिक क्षेत्रलाई पनि सरकारले स्वास्थ्य क्षेत्रलाई जस्तै प्राथमिकतामा राख्नुपर्ने बताए। निषेधाज्ञाका कारण आर्थिक गतिविधि ९० प्रतिशत घटेको बताउँदै उनले भने, “व्यवसायीले अनुभुत गर्नेगरी बजेट ल्याउनुपर्छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्