सन् २०२५ देखि वार्षिक २६ मेट्रिक टन सिमेन्ट चाहिने
काठमाडौं। सन् २०२४/२५ मा नेपालमा वार्षिक २६ मेट्रिकटन सिमेन्ट चाहिने भएको छ। त्यतिबेला सञ्चालन हुने नेपालका ठूला पूर्वाधार आयोजनाहरुको माग धान्न उक्त सिमेन्ट आवश्यक पर्ने नेपाल राष्ट्र बैंकले बताएको हो। कोरोना महामारी अघि नेपालको वार्षिक माग ९ मेट्रिकटन रहेकोमा ७.५ मेट्रिकटन मात्र उत्पादन भइरहेको छ। बाँकी १.५ मेट्रिकटन सिमेन्ट भारतबाट आपूर्ति हुँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्