कोरोनाका कारण निर्माणस्थल छाड्दै नारायणगढ–बुटवल सडकमा कार्यरत कामदार
काठमाडौं। नारायणगढ–बुटवल सडक बिस्तारमा कार्यरत धेरै कामदारले काम छाडेका छन्। गत महिनासम्ममा आयोजनामा पाँचदेखि छ सयसम्म कामदार कार्यरत रहेकामा हाल ६०÷७० जना मात्रै बाँकी रहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ। निर्माण व्यवसायीले क्याम्पमा मिलाएर राखेर काम गराउन चाहेपनि कोरोनाका कारण कामदारले धमाधम निर्माणस्थल छाडिरहेको आयोजना प्रमुख रमेशकुमार दृष्टिले बताए। निर्माणस्थलमा कतिपय स्थानीयवासी त कतिपय टाढाका कामदार कार्यरत थिए। रासस
प्रतिक्रिया दिनुहोस्