कोरोनाबाट मृत्यु भएका टाटाका कर्मचारीका परिवारलाई नियमित तलब नयाँदिल्ली। टाटा स्टील कम्पनीले भारतमा कोरोनाका कारण मृत्यु भएका आफ्ना कर्मचारीको मासिक तलब परिवारलाई निरन्तर प्रदान गर्ने घोषणा गरेको छ। कम्पनीमा कार्यरत संक्रमणबाट मृत्यु भएका कर्मचारीको उमेर ६० वर्ष नहुँदासम्म उनको आश्रित परिवारका सदस्यलाई नियमित रुपमा तलब, घर तथा स्वास्थ्य सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ भने संक्रमणबाट मृत्यु भएका कर्मचारीका सन्तानको स्नातकसम्मको अध्ययन खर्च पनि कम्पनीले नै व्यहोर्नेछ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्