खोपलाई प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्छ : ढकाल
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आगामी आर्थिक वर्षको बजेटले खोपलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनले खोप र स्वास्थ्य पूर्वाधारलाई प्राथमिक्तामा राखेर बजेट आउनुपर्ने बताएका हुन्। यसैगरी, कोभिडको दोस्रो लहरले थला पारेको अर्थतन्त्रलाई पुरानै लयमा फकार्उन आर्थिक गतिविधि बढाउने र रोजगारी सृजना गर्ने बजेट चाहिने उनको भनाई छ।
प्रतिक्रिया दिनुहोस्