संक्रमितको घरमै पुगेर औषधि वितरण गर्दै सहिदभूमी गाउँपालिका
धनकुटा। जिल्लाको सहिदभूमी गाउँपालिकाले कोरोना संक्रमितको उपचारको लागि घरमै पुगेर औषधि वितरण गरेको छ। ज्वरो,निमोनिया,झाडापखाला र भिटामिन बोकेर गाउँपालिका अध्यक्ष मनोज राई,उपाध्यक्ष रत्नश्वरी राई, अन्य जनप्रतिनिधि र कर्मचारीहरु विरामीको घरमै पुगेर औषधि वितरण गरेका हुन्।महामारीको बेलामा जनताको जीवन रक्षाका लागि संक्रमितको घरमै औषधि बोकेर पुगेको गाउँपालिका अध्यक्ष राईले बताए। यो गाउँपालिकामा ७९ जना कोरोना संक्रिमत पुष्टि भएको छ।
प्रतिक्रिया दिनुहोस्