आर्थिक अवस्था कमजोर भएकालाई गाउँपालिकाले खर्च दिने
काठमाडौं। स्याङ्जाको फेदीखोला गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका जनतालाई आर्थिक सहयोग गर्ने भएको छ। आर्थिक अवस्था कमजोर हुँदा कोरोना संक्रमितको उपचारमा समस्या आएको भन्दै गाउँपालिकाले पालिकावासीलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले अर्थिक अवस्था कमजोर भएका पालिकावासीलाई उपचारमा सहयोग पुगोस् भनेर१५ हजारसम्म दिने निर्णय भएको जानकारी दिए। यो निर्णयले सङ्क्रमणलाई लुकाउने कार्यमा कमी आउने उनले बताए।
प्रतिक्रिया दिनुहोस्