भारतीय विद्वान अमत्र्य सेनलाई स्पेनको सर्वोच्च पुरस्कार एजेन्सी। भारतीय अर्थशास्त्री तथा नोबेल पुरस्कार विजेता अमत्र्य सेनलाई सामाजिक विज्ञानमा स्पेनको सर्वोच्च पुरस्कार दिइएको छ। ८७ वर्षीय सेनलाई ‘प्रिन्सेज अफ एस्टुरियस अवार्ड’ दिइएको हो। पुरस्कारमा भनिएको छ– ‘भोकमरीमाथि उनको अनुसन्धान तथा मानव विकासमा उनको सिद्धान्त, लोककल्याणसँग जोडिएको अर्थनीतिले अन्याय, असमानता, रोग तथा अज्ञानतासँग लड्नका निम्ति योगदान गरेको छ।’ पुरस्कारमा ५० हजार युरोका साथै जोआन मिरोको प्रतिमा दिने गरिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्