आर्थिक वृद्धि माइनसमा नजान सक्छ – अर्थ सचिव ढुंगाना
काठमाडौं। अर्थ सचिव शिशिरकुमार ढुंगानाले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर माइनसमा नजान सक्ने बताएका छन्। उनका अनुसार चालू आर्थिक वर्षको ७ प्रतिशतको लक्ष्य संशोधन गरेर ४.०१ प्रतिशत ल्याइएको र सोहीअनुसारको वृद्धि हुने अनुमान गरिएको थियो। तर कोभिडको दोस्रो लहर फैलिएपछि आर्थिक क्षेत्रमा चूनौती थपिएका छन्। यद्यपी आर्थिक वृद्धि सकारात्मक नै रहने अनुमान गरिएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्