नेपालको स्याउ बजारसम्म पुर्‍याउन सक्दैनन् किसान, दश महिनामा ५ अर्बभन्दा बढीको आयात काठमाडौं। नेपालमा उत्पादन भएको स्याउ गतिलो ढुवानीको सेवा नहुँदा कृषकको बारीमै कुहिन्छ। तर विदेशबाट भने अर्बौंको स्याउ नेपाल आउने गर्छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा विभिन्न देशबाट नेपालमा पाँचअर्ब३१ करोड ३५ लाख६९ हजार रुपैयाँको स्याउ भित्रिएको छ। २०७७ साउनदेखि२०७८ वैशाख मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको छकरोड ९३ लाख४० हजार ७९२ केजी स्याउ नेपालले आयात गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्