भारतमा सबैभन्दा बढी लगानी एफडीआई सिंगापुरको, दोस्रोमा अमेरिका एजेन्सी। सिंगापुर भारतमा सबैभन्दा अधिक प्रत्यक्ष वैदेशिक लगानी(एफडीई) गर्ने मुलुक बनेको छ। अमेरिका दोस्रोमा छ भने मरिसस तेस्रोमा रहेको छ। शुक्रबार जारी आँकडाअनुसार २०२०–२१मा अमेरिकाबाट १३.८२ अर्ब डलर भारतमा लगानी भएको छ। सिंगापुरको एफडीआई १७.४१ अर्ब डलर रहेको छ। मरिससबाट भारतलाई ५.६४ अर्ब डलर प्राप्त भएको छ। भारतमा एफडीआई गर्ने अन्य मुलुकमा यूएई, नेदरल्यान्ड्स, ब्रिटेन, जापानलगायत रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्