किसानलाई म्याद सकिएको बीउ बिक्री बाँके। बाँकेमा कृषि बीउबिजन बिक्री केन्द्रबाट खेती लगाउने बेला म्याद सकिएको बीउ बिक्री भएको पाइएको छ। निषेधाज्ञाको मौका छोपेर बीउबिजन बिक्रेताले किसानलाई म्याद नाघेको बीउ बिक्री गर्ने गरेका छन्। ग्रामीण क्षेत्रबाट किसानलाई ठग्ने गरेको गुनासो आउन थालेपछि बजार अनुगमनका क्रममा म्याद नाघेको बीउबिजन बिक्री गरेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईंले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्