सगरमाथा आरोहणमा दुई नयाँ कीर्तिमान
काठमाडौँ। अमेरिकी र हङकङका आरोहीहरूले छुट्टाछुट्टै समूहमा सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन्। पर्यटन मन्त्रालयले आज जनाएअनुसार हङकङका ४५ वर्षीया साङ यिन-हुङ्गले २६ घण्टामा आरोहण पूरा गरी बेसक्याम्पबाट सबैभन्दा चाँडो आरोहण गर्ने महिलाको रेकर्ड राखेका छन्। त्यस्तै, अमेरिकाका ७५ वर्षीय आर्थर मुइरले गत आइतबार सर्वोच्च शिखरको आरोहण गरी सबैभन्दा बढी उमेरका अमेरिकी आरोहीको कीर्तिमान राखेका छन्।
प्रतिक्रिया दिनुहोस्